महिलालाई मकैको खोस्टाबाट सामग्री निर्माण सम्बन्धी सीपमूलक तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिलालाई मकैको खोस्टाबाट सामग्री निर्माण सम्बन्धी सीपमूलक तालिम

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८३, मंगलवार

    दमौली, १९ जेठ । जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजना तथा व्यास नगरपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने सीपमूलक तालिम मङ्गलबारदेखि सुरु भएको छ । जेठ २३ गतेसम्म सञ्चालन हुने उक्त तालिममा ४० जना महिलाको सहभागिता रहेको छ ।

    व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले महिला लक्षित तालिमलाई व्यवहारमा उतार्दै उद्यमशीलतासँग जोडिन आग्रह गरे । तालिम लिएपछि त्यसलाई उत्पादन र व्यवसायमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै उनले उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    May be an image of one or more people, flute and text
    May be an image of one or more people, flute, temple and text that says 'आरधिक सहयोग व्यास नगरपालिका वडा कायांलय, तनहू मकेको रोस्टोको सिपमुलक तालिশी मिति: २०८३ जेष्ठ ۹٤ गतेदेखि ၃၃ गतेसम्म आयोजक जनभावना नेवा: खल मिसा: पुच दमोली, तनहुँ ဒို'May be an image of one or more peopleMay be an image of one or more people, flute and text that says 'मळेळो रोस्टोको सिपमुलक ताटिल मिति: ඉරැදි नेष्ठ छ ۹۰ गनेद्ेश गसेसार्म आर्यिक सहबयोज व्यात तमरपालिक ३न. वਛા का्यालच मनरुं आयोजक जनभावना नेवा: सल मिता: पੂच दर्मोली, तनहूँ'May be an image of one or more people

    व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठले तालिम लिएर पनि व्यवहारमा नउतार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    महिला उद्यमी सङ्घ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लले खेर जाने मकैको खोस्टालाई उपयोग गरी आत्मनिर्भर बन्न सकिने बताइन् । महिलाहरू घरायसी काममा मात्र सीमित नभई आर्थिक गतिविधिमा सक्रिय हुनुपर्ने र महिला आत्मनिर्भर भए देशको समग्र विकासमा टेवा पुग्ने उनकाे भनाइ थियाे ।

    वडा सचिव सावित्री आचार्यले वडा कार्यालयले विभिन्न समुदायलाई लक्षित गरी नियमित रूपमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै यस्ता कार्यक्रमले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए ।

    जनभावना नेवाः खल मिसाः पुचकी अध्यक्ष रश्मिला ताम्राकारले महिलालाई घरायसी काममा मात्र सीमित नराखी उद्यमशीलतासँग जोड्ने उद्धेश्यले तालिम आयोजना गरिएको जानकारी दिइन् ।

    जनभावना नेवाः खल मिसाः पुचकी सचिव सरिता श्रेष्ठले तालिममा वडाभित्रका आमा समूह, टोल समिति, जनभावना नेवाः खल मिसाः पुचका सदस्यहरू सहभागी रहेको जानकारी दिइन् । तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण प्रदान गर्नेछन् ।