शुक्लागण्डकीमा औषधि खरिदमा अनियमितता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा औषधि खरिदमा अनियमितता

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८३, शुक्रबार

    दमौली, २२ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले औषधी खरिद गर्दा अनियमितत गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा औषधि खरिदमा रु १८ लाख २९ हजार सात सय २९ अनियमित भएको उल्लेख छ ।

    सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३ मा सार्वजनिक निकायले खरिद कारवाहीको तयारीका क्रममा आवश्यकताको पहिचान, खरिद योजना तथा लागत अनुमान तयारी गर्नुपर्ने साथै नियम ११५ अनुसार सार्वजनिक निकायले आपूर्ति गरिएका मालसामान सम्झौतामा उल्लेखित प्राविधिक स्पेसिफिकेशन र गुणस्तर बमोजिमका भए नभएको निरीक्षण वा परीक्षण गरी स्वीकृत वा अस्वीकृत मालसामानको विवरण उल्लेख गरी निरीक्षण प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख छ ।

    पालिकाले विभिन्न औषधि खरिद गरेकामा खरिद गर्नुअघि आवश्यकताको पहिचान र लागत अनुमान तयार गरेको नपाइएको र आपूर्ति भएको औषधिको प्राविधिक निरीक्षण वा परीक्षण गरी निरीक्षण प्रतिवेदन तयारी र खरिद कारवाहीको अभिलेखको रुपमा राख्ने कार्य नगरेको प्रतिवेदनमा उल्लेख छ ।