भानुमा उपभोक्ता समितिको कार्य तेस्रो पक्षबाट गराएर ४१ लाख अनियमितता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा उपभोक्ता समितिको कार्य तेस्रो पक्षबाट गराएर ४१ लाख अनियमितता

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८३, आईतवार

    दमौली, २४ जेठ । भानु नगरपालिकाले उपभोक्ता समितिबाट गराउनुपर्ने कार्य तेस्रो पक्षबाट गराएर ४१ लाख अनियमितत गरेको खुलेको छ ।

    सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ (९) अनुसार उपभोक्ता समितिहरुलाई मेशिन, औजार उपकरणहरुको आवश्यक नपर्ने, श्रममूलक कार्यको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको छ । उपनियम १० मा उपभोक्ता समितिसँग सम्झौता भई तोकिएको कार्य उपभोक्ता समिति आफैले गर्नुपर्ने र कुनै निर्माण व्यवसायी सव कन्ट्रयाक्टरबाट गराउन नपाइने उल्लेख छ ।

    पालिकाले उपभोक्ता समितिसँग सम्झौता गरी गराइएका कार्यहरु उपभोक्ता समिति आफैले नगरी निर्माण व्यवसायी मार्फत् गराउने गरेको खर्चका बिल भर्पाइहरुबाट देखिन आएको छ ।