


दमौली, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार डा. शेषरमण न्यौपाने सदस्य पदमा स्वतः निर्वाचित भएका छन्।
पार्टी विधानअनुसार सभापति पदमा प्रतिस्पर्धा गरेका उम्मेदवारले कुल सदर मतको कम्तीमा २५ प्रतिशत मत प्राप्त गरेमा उनी सदस्य पदमा स्वतः निर्वाचित हुने व्यवस्था रहेको छ।
अधिवेशनमा खसेको २५१ सदर मतमध्ये न्यौपानेले ६४ मत प्राप्त गरेका थिए। उनले कुल सदर मतको २५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि विधानबमोजिम जिल्ला सदस्य पदमा स्वतः निर्वाचित भएका हुन्।
सभापति पदको निर्वाचनमा विश्वनाथ बास्तोला विजयी भएका थिए भने न्यौपाने सदस्य पदमा स्वतः निर्वाचित भएर जिल्ला समितिमा रहने भएका छन्।