गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८३, मंगलवार

    काठमाडौँ २६ जेठ । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् ।

    मंगलबार प्रधानमन्त्री शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् ।

    नवनियुक्त दुवै मन्त्रीले मंगलबार  पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैसँग राखेका छन् ।