इरान र न्युजिल्याण्डबीचको खेल बराबर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    इरान र न्युजिल्याण्डबीचको खेल बराबर

    खबरपुञ्ज संवाददाता

    १ असार २०८३, मंगलवार

    काठमाडौ, २ असार । फिफा विश्वकपमा इरान र न्युजिल्यान्डबीचको खेल पनि बराबरीमा टुंगिएको छ ।

    मंगलबार बिहान लस एन्जलस रंगशालामा भएको इरान र न्युजिल्यान्डबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो ।

    खेलको ७औँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३२औँ मिनेटमा इरानको तर्फबाट रामिन रेजाइयनले गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए ।

    त्यसपछि ५५औँ मिनेटमा जस्टले नै अर्को गोल गरेर न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए । न्युजिल्यान्डको उक्त अग्रता पनि लामो समय टिक्न सकेन । इरानका मोहम्मद मोहेबीले ६४औँ मिनेटमा गोल फर्काए ।

    त्यसपछि कुनै पनि गोल हुन सकेन ।