अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८३, मंगलवार

    काठमाडौ, ९ असार । अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा अष्ट्रियालाई २–० गोलले हराउँदै अर्जेन्टिना राउन्ड अफ ३२ मा पुगेको हो।

    अर्जेन्टिनाको जितमा दुवै गोल कप्तान लियोनल मेसीले गरे। उनले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका हुन्। उक्त गोलसँगै मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाए।

    मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्‍याए। यससँगै उनले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन्।

    ३८ वर्षीय मेसीले गत साता अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए।

    मेसी यति मै रोकिएनन्। खेल सकिनै लाग्दा इन्जुरी समयमा मेसीले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाए।

    समूह जे अन्तर्गत अर्जेन्टिनाको दुई खेलबाट ६ अंक छ भने अष्ट्रिया ३ अंकका साथ दोस्रो स्थानमा छ। जोर्डन र अल्जेरिया अंकबिहीन छन्।