म्याग्दे गाउँपालिकाको बजेट पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाको बजेट पारित

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८३, सोमबार

    दमौली, १५ असार । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट पारित गरेको छ । गाउँपालिकाको साेमबार आयोजित २० औं अधिवेशनले आगामी वर्षका लागि बजेट पारित गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बजेट पारितका लागि सभामा निर्णयाार्थ पेश गर्नुभएकामा सभाले सर्वसम्मत बजेट पारित गरेको हो । सभाले आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ समेत सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    गत असार ८ गते आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट प्रस्तुत गरेका थिए । विनियोजित बजेटमध्ये चालुतर्फ रु ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु २६ करोड ३९ लाख ४५ हजार विनियोजन गरिएको छ ।

    आर्थिक विकास समितितर्फ रु चार करोड १८ लाख, सामाजिक विकास समितितर्फ रु ३३ करोड १६ लाख ८३ हजार, पूर्वाधार विकासतर्फ रु २५ करोड ३९ लाख ६८ हजार चार सय ५०, वन वातावरण विपद् समितितर्फ रु ८७ लाख, कार्यालय सञ्चालन, सुशासन समितितर्फ रु १० करोड ७१ लाख बजेट विनियोजन गरिएकाे छ ।