व्यास नगरमा बढ्दो चोरीप्रति कार्यपालिकाको चासो, नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरमा बढ्दो चोरीप्रति कार्यपालिकाको चासो, नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आग्रह

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८३, सोमबार

    दमाैली २२ असार । व्यास नगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा पछिल्ला दिनमा बढ्दै गएका चोरीका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै चोरी नियन्त्रणका लागि सम्बन्धित निकायलाई विशेष कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

    साेमबार बसेको कार्यपालिका बैठकले व्यास नगरपालिकाभित्र भएका विभिन्न चोरीका घटनाले नगरवासीमा असुरक्षाको भावना बढ्दै गएको निष्कर्ष निकाल्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो।

    बैठकले चोरी नियन्त्रणका लागि सम्बन्धित सुरक्षा निकायलाई विशेष अभियान सञ्चालन गर्न आग्रह गर्ने तथा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य गरिने जनाएको छ।

    पछिल्ला दिनमा व्यास नगरपालिका–४ मा मात्रै तीन वटा घरमा चोरी भएको घटनाले स्थानीयवासी त्रसित बनेका छन्। उक्त घटनामा संलग्न व्यक्तिहरूलाई हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन।

    लगातार भइरहेका चोरीका घटनापछि नगरवासीले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन माग गर्दै आएका छन्। यस्तै अवस्थालाई मध्यनजर गर्दै कार्यपालिकाले सुरक्षा निकायसँग समन्वय बढाएर चोरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।