लायन्स र लियो क्लब सत्यवतीद्वारा तनहुँ कालिका जङ्गल पार्कमा वृक्षारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लायन्स र लियो क्लब सत्यवतीद्वारा तनहुँ कालिका जङ्गल पार्कमा वृक्षारोपण

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८३, सोमबार

    दमौली, २२ असार । गत वर्षजस्तै यसवर्ष पनि वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ तनहुँ सत्यवती र लियो क्लब अफ तनहुँ सत्यवतीले व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका जङ्गल पार्कमा वृक्षारोपण गरेको छ ।

    लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष लायन गीता श्रेष्ठको अध्यक्षता आयोजित वृक्षरोपण कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरिएको छ।

    वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एल नेपालका को–चिफ एडभाइजर लायन सरोज भण्डारीले वातावरणीय सन्तुलन जोगाउन वृक्षारोपण आजको आवश्यकता भएको बताए । लायन्स क्लबले शिक्षा, स्वास्थ्य, मानव सेवा र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै भण्डारीले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

    कार्यक्रममा डिस्ट्रिक्ट जीएमटी एरिया कोअर्डिनेटर लायन पवित्रा खनालले वातावरण संरक्षणमा विभिन्न सामाजिक संघसंस्थाको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सामाजिक संस्थाहरूले सञ्चालन गर्ने यस्ता अभियानले समाजमा सकारात्मक सोच र व्यवहारको विकास गर्ने विश्वास व्यक्त गरिन् ।

    कार्यक्रममा लायन्स अफ तनहु सत्यवती कि प्रथम उपाध्यक्ष इन्द्रकुमारी श्रेष्ठ सचिव शर्मिला गौतम लगायत लियो क्लबका पदाधिकारी, सदस्यहरूले वातावरण संरक्षण र हरियाली विस्तारका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका थिए।