बन्दीपुर केबलकारको टिकट शुल्क बढ्यो, साउन १ गतेदेखि नयाँ दर लागू
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकारको टिकट शुल्क बढ्यो, साउन १ गतेदेखि नयाँ दर लागू

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८३, मंगलवार

    दमौली, २३ असार । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकार तथा साहसिक (एड्भेन्चर) गतिविधिहरूको टिकट सेवा शुल्क संशोधन गरेको छ। कम्पनीको सञ्चालक समितिको असार १९ गते बसेको बैठकको निर्णयअनुसार नयाँ शुल्क आगामी आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै २०८३ साउन १ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार सेवा गुणस्तरमा निरन्तर सुधार, पर्यटकमैत्री सेवा विस्तार तथा सञ्चालन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउने उद्देश्यले टिकट शुल्क पुनरावलोकन गरी संशोधन गरिएको हो। नयाँ शुल्क लागू भएपछि सेवाग्राही, पर्यटक तथा सरोकारवालाले संशोधित दरअनुसार सेवा लिनुपर्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ।

    संशोधित दरअनुसार नेपाली नागरिकका लागि केबलकार टिकट शुल्क रु. ५०० बाट रु. ६००, सार्क राष्ट्रका नागरिकका लागि रु. ७०० बाट रु. ८५०, अन्य विदेशी पर्यटकका लागि रु. ७०० बाट रु. १,०००, विद्यार्थीका लागि रु. ३५० बाट रु. ४०० तथा स्काई साइकलिङ/जिपलाइनको शुल्क रु. ३६० बाट रु. ५०० कायम गरिएको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. रोमन मान श्रेष्ठले बन्दीपुर केबलकारप्रति ग्राहक, पर्यटक तथा सरोकारवालाले देखाउँदै आएको निरन्तर विश्वास, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय तथा आकर्षक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।