एसीए लाटे आर्ट च्याम्पियनसिपमा अन्जिल मियाँ दोस्रो रनरअप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसीए लाटे आर्ट च्याम्पियनसिपमा अन्जिल मियाँ दोस्रो रनरअप

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८३, मंगलवार

    दमौली, २३ असार । दमौलीका युवा वारिष्टा अन्जिल मियाँले एसीए लाटे आर्ट च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनरअप बन्न सफल भएका छन्।

    एम प्राइम वारिष्टा एकेडेमी तथा दमौलीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका मियाँले आफ्नो सिर्जनात्मकता, कलात्मक प्रस्तुति र उच्चस्तरीय सीपको उत्कृष्ट प्रदर्शन गर्दै यो उल्लेखनीय सफलता हासिल गरेका हुन्।

    यस प्रतियोगितामा प्रतिस्पर्धीहरूले आफ्नो सृजनशीलता, शुद्धता, गति र प्रस्तुतीकरणका आधारमा प्रतिस्पर्धा गरेका थिए। अन्जिल मियाँले यी सबै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायकहरूको प्रशंसा बटुलेका थिए।