आँबुखैरेनीमा कुकुरसँग ठोक्किदा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा कुकुरसँग ठोक्किदा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८३, बिहीबार

    दमाैली ७ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–६ बस्ने २५ वर्षीय अनिल पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बागमती प्रदेश ०२–०१७ प १३१० नम्बरको मोटरसाइकलले कुकुरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । मोटरसाइकल पल्टिएर घाइते भएका पौडेललाई आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचार पश्चात् पुरानो मेडिकल कलेज भरतपुर पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    माेटरसाइकलकाे ठक्करबाट कुकुरकाे घटनास्थलमै मृत्यु भएकाे छ ।