दमौली, ७ साउन । मुग्लिङ–पोखरा सडकखण्डमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा बिहीबार बिहान चालक सचेतना अभियान सञ्चालन गरेका छन्।
बिहान ४:०० बजेदेखि सुरु गरिएको अभियान अन्तर्गत बिहान ७:०० बजेसम्म १२० जना चालकलाई सडकको वर्तमान अवस्था, मौसमको प्रभाव, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धी जानकारी दिइएको प्रहरीले जनाएको छ।

अभियानमा २४ वटा दुईपाङ्ग्रे, ३७ वटा चारपाङ्ग्रे साना तथा ५९ वटा ठूला सवारी साधनका चालक सहभागी भएका थिए। चालकहरूलाई विशेष गरी वर्षायाममा सडकमा अपनाउनुपर्ने सावधानी, सुरक्षित गति, ओभरटेक गर्दा अपनाउनुपर्ने मापदण्ड तथा जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले चालकको सचेतनाले नै धेरै सवारी दुर्घटना रोक्न सकिने बताए। उनले भने, “
मुग्लिङ–पोखरा सडकखण्डमा चालक सचेतना अभियान, १२० चालकलाई ट्राफिक सुरक्षा सम्बन्धी जानकारी
दमौली, तनहुँ। मुग्लिङ–पोखरा सडकखण्डमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा बिहीबार बिहान चालक सचेतना अभियान सञ्चालन गरेका छन्।
बिहान ४:०० बजेदेखि सुरु गरिएको अभियान अन्तर्गत बिहान ७:०० बजेसम्म १२० जना चालकलाई सडकको वर्तमान अवस्था, मौसमको प्रभाव, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धी जानकारी दिइएको प्रहरीले जनाएको छ।
अभियानमा २४ वटा दुईपाङ्ग्रे, ३७ वटा चारपाङ्ग्रे साना तथा ५९ वटा ठूला सवारी साधनका चालक सहभागी भएका थिए। चालकहरूलाई विशेष गरी वर्षायाममा सडकमा अपनाउनुपर्ने सावधानी, सुरक्षित गति, ओभरटेक गर्दा अपनाउनुपर्ने मापदण्ड तथा जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले चालकको सचेतनाले नै धेरै सवारी दुर्घटना रोक्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “सवारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वयं सचेत हुनु अत्यन्त आवश्यक छ। सडकको अवस्था, मौसम र ट्राफिक नियमलाई ध्यानमा राखेर जिम्मेवार ढंगले सवारी चलाए दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। यही उद्देश्यका साथ हामीले नियमित रूपमा चालक सचेतना अभियान सञ्चालन गरिरहेका छौँ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ।”
प्रहरीले मुग्लिङ–पोखरा सडकखण्डमा यात्रा गर्ने सबै चालकलाई सुरक्षित, संयमित र ट्राफिक नियमको पूर्ण पालना गर्दै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
प्रहरीले मुग्लिङ–पोखरा सडकखण्डमा यात्रा गर्ने सबै चालकलाई सुरक्षित, संयमित र ट्राफिक नियमको पूर्ण पालना गर्दै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।