


दमौली, ७ साउन । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले अविरल वर्षाका कारण दुलेगौंडा–हर्कपुर सडकखण्ड अवरुद्ध भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
सांसद न्यौपानेले यस विषयमा शुक्लागण्डकी नगरपालिकाका प्रमुखसँग समन्वय भइसकेको जानकारी दिए। नगरपालिकाले हिलाम्मे बनेको सडकको तत्काल मर्मत गरी यातायात सञ्चालन सहज बनाउने व्यवस्था गर्ने जानकारी दिएको उनले बताएका छन्।
सांसद न्यौपानेले सडक प्रयोग गर्ने स्थानीयवासीलाई आवश्यक समन्वयका लागि शुक्लागण्डकी नगरपालिकासँग सम्पर्कमा रहन आग्रह गरेका छन्।
उनले दुलेगौंडा–हर्कपुर सडकखण्डको स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८३/०८४ को रातो किताबमा योजना समावेश भइसकेको जानकारी पनि दिएका छन्।