तनहुँमा भूमि प्रशासन सेवा सुधार र लालपुर्जा वितरणको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा भूमि प्रशासन सेवा सुधार र लालपुर्जा वितरणको तयारी

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८३, बिहीबार

    दमौली, ७ साउन । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले तनहुँस्थित भूमि प्रशासन कार्यालय र नापी कार्यालयबाट प्रवाह हुने सेवालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिदिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसँग अनुरोध गरेका छन्।

    सांसद न्यौपानेका अनुसार भेटका क्रममा गुठी जग्गाको व्यवस्थित व्यवस्थापनका लागि गुठी ऐन तथा बस्ती विकास भइसकेका सार्वजनिक जग्गाको हकमा बस्ती विकास ऐनमार्फत कानुनी समाधान खोज्ने विषयमा पनि छलफल भएको छ।

    यसैगरी, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र कानुन मन्त्रालयबीच आवश्यक समन्वय र छलफल गर्दै उक्त विषयको दीर्घकालीन समाधान खोज्ने विषयमा सकारात्मक समझदारी बनेको उनले जानकारी दिएका छन्।

    भेटका क्रममा तनहुँ जिल्लाका भूमिहीन सुकुम्बासी र दलित परिवारलाई आगामी श्रावण महिनाको अन्तिम सातादेखि लालपुर्जा वितरण कार्य सुरु गर्ने तयारी रहेको जानकारी समेत प्राप्त भएको सांसद न्यौपानेले बताएका छन्।