


दमौली, ८ साउन । मुग्लिङ–पोखरा सडक खण्डमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा शुक्रबार बिहान ४ बजेदेखि चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।
बिहान ७ बजेसम्म २३ वटा दुईपाङ्ग्रे, ३८ वटा चारपाङ्ग्रे साना र ६३ वटा ठूला सवारी साधनका चालकलाई सडकको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियम पालना सम्बन्धी सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।