व्यास–१२ छिर्कनेमा माइक्रो दुर्घटना, ११ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास–१२ छिर्कनेमा माइक्रो दुर्घटना, ११ जना घाइते

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८३, शुक्रबार

    दमौली, ८ साउन। तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा शुक्रबार यात्रुवाहक माइक्रो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

    काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग प्र ०१–००१ ख ०१७१ नम्बरको माइक्रो अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित ११ जना यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। 

    घाइतेहरूको उद्धार गरी उपचारका लागि डुम्रे लक्ष्मी अस्पतालमा पठाइएको छ।