


दमौली, ९ साउन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले ३२औँ विश्व आदिवासी दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ।
परिषदका अध्यक्ष सनम तामाङको अध्यक्षतामा शनिबार बसेको बैठकले दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो।
जस अनुसार साउन २२ गते सरकारी तथा गैरसरकारी संस्था, राजनीतिक दल तथा अन्य सम्बन्धित निकायहरूसँग आदिवासी जनजातिको हक अधिकार र आई.एल.ओ. सम्बन्धी विचार गोष्ठी गरिनेछ।
साउन २३ गते माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र २४ गते जिल्लाका १० वटै स्थानीय तहहरूमा सांस्कृतिक झाँकी र र्यालीसहित विविध कार्यक्रम गरिने अध्यक्ष तामाङले जानकारी दिए ।