


दमाैली १२ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेमा दुलेगौंडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ००१ ज ०२३१ नम्बरको जिप दुर्घटनामा परेको छ।
दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र ३ जनाको तनहुँ सेवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाको कारण र घाइतेहरूको थप विवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।