


दमौली, १४ साउन । तनहुँ प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत–साधन ओसारपसारमा संलग्न एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहीबार व्यास नगरपालिका–३ स्थित पृथ्वी राजमार्गमा नियमित सवारी चेकजाँचका क्रममा अवैध रूपमा बालुवा बोकेको एक ट्र्याक्टर नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय, दमौली पठाइएको थियो।
नगरपालिकाले उक्त सवारीसाधनलाई १२ हजार रुपैयाँ जरिवाना गरेपछि छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन्। प्रहरीले प्राकृतिक स्रोत–साधनको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिइने जनाएको छ।