


दमौली, १५ साउन । तनहुँ जिल्ला अदालतले अदालतमा सेवा लिन आउने सेवाग्राही तथा लेखापढी व्यवसायीका लागि पोशाकसम्बन्धी सूचना जारी गरेको छ। अदालतले सामाजिक रूपमा मर्यादित (कुम र घुँडा ढाकिने) पोशाक लगाई तारेख पर्चा लिएर मात्र अदालत प्रवेश गर्नुपर्ने जनाएको छ।
त्यस्तै, लेखापढी व्यवसायीहरूले लेखापढी व्यवसायी (संशोधित) नियमावली, २०५१ अनुसार तोकिएको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने उल्लेख गरिएको छ। अन्यथा अदालत प्रवेशमा रोक लगाइने अदालतले सूचनामार्फत जनाएको छ।