


दमौली, १५ साउन । मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नति अन्तर्गत ११ केभी लाइन निर्माण तथा मुसीखोला ट्रान्सफर्मर व्यवस्थापन कार्यका लागि भोलि साउन १६ गते शनिबार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म तनहुँसुर फिडर अन्तर्गतका केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
तनहुँ वितरण केन्द्रका अनुसार व्यास नगरपालिका–१ मुसीखोला, वडा नं. १२ कमलबारी, देउराली, कुर्लुङ, वडा नं. ११ रामथुम्की, सेरा र पोल्याङ क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ। काम निर्धारित समयअघि सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार छिट्टै सुचारु गरिने केन्द्रले जनाएको छ।