उज्यालो घरका बालबालिकालाई खिर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उज्यालो घरका बालबालिकालाई खिर

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८३, शुक्रबार

    दमौली, १५ साउन । लियो क्लब अफ तनहुँको आयोजनामा व्यास नगरपालिका–१० बैरेनीस्थित उज्यालो घरमा शुक्रबार खिर खुवाउने कार्यक्रम सम्पन्न भएको छ।

    साउन १५ को अवसर पारेर आयोजित कार्यक्रममा उज्यालो घरमा आश्रित बालबालिकालाई खिरसहित भोजन गराइएको क्लबले जनाएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा लियो क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

    क्लबका अध्यक्ष मुकेश बिडारीले यस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमले समाजमा सहयोग, सद्भाव र सेवाभावको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।