पर्यटक क्षेत्र लक्षित दुईदिने लामो पैदल गस्ती सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटक क्षेत्र लक्षित दुईदिने लामो पैदल गस्ती सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८३, शनिबार

    दमौली, १६ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले पर्यटकको सुरक्षा तथा शान्ति–सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन पर्यटकीय क्षेत्र लक्षित दुईदिने लामो पैदल गस्ती सम्पन्न गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साउन १५ गते दिउँसो ४:०० बजे प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) को कमाण्डमा १५ जना प्रहरी टोली व्यास नगरपालिका–३ दुर्गा मन्दिर, मादी पुल, व्यास–५ चापाघाट हुँदै मानुङकोटसम्म पैदल गस्तीका लागि परिचालित भएको थियो। टोलीले मानुङकोटस्थित भ्यू टावर भवनमा रात्री मुकाम गरेको थियो।

    गस्तीको अनुगमन तथा प्रहरी टोलीको उत्प्रेरणा अभिवृद्धिका लागि प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी निरीक्षक अमृत लामिछानेसहित ७ जनाको अर्को टोली साउन १६ गते बिहान ४:३० बजे मानुङकोटतर्फ प्रस्थान गरेको थियो। दुवै टोली बिहान ८:१५ बजे मानुङकोटबाट पैदल नै फर्किएर ११:०० बजे जिल्ला प्रहरी कार्यालय तनहुँ आइपुगेका हुन्।

    गस्तीका क्रममा प्रहरी टोलीले स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकसँग सुरक्षा, शान्ति–व्यवस्था र पर्यटकीय क्षेत्रमा अपनाउनुपर्ने सावधानीका विषयमा अन्तरक्रिया गर्दै सुरक्षा सचेतना अभिवृद्धि गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।