निम्सदाईसहित १० जनाको सम्मानमा दमौलीमा दीप प्रज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निम्सदाईसहित १० जनाको सम्मानमा दमौलीमा दीप प्रज्वलन

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८३, आईतवार

    दमौली, १७ साउन । ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) लगायत १० जनाको सम्मानमा लायन्स क्लब अफ तनहुँ दमौलीले आइतबार दमौलीमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

    क्लबका पूर्व अध्यक्ष सरोज भण्डारीले निर्मल पुर्जाजस्ता साहसी नेपालीको असामयिक निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताए। उनले निम्सदाईले विश्वसामु नेपाली पर्वतारोहणको गौरवलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै उहाँको योगदान सदैव स्मरणीय रहने धारणा व्यक्त गरे।

    दीप प्रज्वलनमार्फत सहभागीहरूले दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।