बुल्दीपुलमा मोटरसाइकलको ठक्करबाट वृद्ध गम्भीर घाइते, चालक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुल्दीपुलमा मोटरसाइकलको ठक्करबाट वृद्ध गम्भीर घाइते, चालक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८३, सोमबार

    दमौली, १८ साउन । तनहुँको व्यास नगरपालिका–१ बुल्दीपुल नजिक पृथ्वी राजमार्गमा सोमबार बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्ध गम्भीर घाइते भएका छन्।

    प्रहरीका अनुसार गल्फुबेशी निवासी ८४ वर्षीय प्रेमबहादुर क्षेत्री बिहान करिब २ः५० बजे घरबाट निस्किएका बेला बिहान करिब ४ः५५ बजे मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल चालक फरार भए पनि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले चालकसहित मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

    घाइते क्षेत्रीलाई प्रारम्भिक उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। थप उपचारका लागि उनलाई गण्डकी अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।