दमौलीमा सवारी चेकजाँचमा कडाइ, सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा सवारी चेकजाँचमा कडाइ, सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८३, सोमबार

    दमौली, १८ साउन । तनहुँको दमौलीस्थित मुख्यचोकमा सोमबार दिउँसो प्रहरीले सवारीसाधन चेकजाँचलाई थप कडाइ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेका अनुसार सडक सुरक्षालाई सुदृढ बनाउने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नियमित रूपमा सवारी चेकजाँच अभियान सञ्चालन गरिएको हो।

    सवारी चेकजाँच अभियान कुनै व्यक्तिलाई दुःख दिने उद्देश्यले होइन, यात्रु तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्दै ट्राफिक अनुशासन कायम राख्न र आपराधिक गतिविधि न्यूनीकरण गर्न सञ्चालन गरिएको हो,” डीएसपी घिमिरेले भने।

    उनका अनुसार पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा समेत चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ। प्रहरीले सवारी चालकलाई आवश्यक कागजात साथमा राख्न, ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।