


दमौली, २० साउन । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईले मंगलबार सञ्चालन गरेको ‘सर्च एण्ड स्विप’ अपरेसनका क्रममा ९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण, अवैध मदिरा कारोबार, शान्ति सुरक्षा, फरार अभियुक्त पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग रोकथामका लागि सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा लिइएकामध्ये अनुसन्धानपछि ४ जनालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। बाँकी ५ जनामाथि थप अनुसन्धान भइरहेको छ।