वरिष्ठ अधिवक्ता वाग्लेद्वारा दुर्गा मन्दिरमा रु १ लाख १ हजार १११ को अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वरिष्ठ अधिवक्ता वाग्लेद्वारा दुर्गा मन्दिरमा रु १ लाख १ हजार १११ को अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८३, मंगलवार

    दमौली, १९ साउन । व्यास नगरपालिका–३, दमौलीस्थित दुर्गा भवानी मन्दिरमा नियमित पूजाआजाको व्यवस्थापनका लागि रु १ लाख १ हजार १११ को अक्षयकोष स्थापना गरिएको छ।

    व्यास–४ निवासी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले दिवंगत पिता चिरन्जीवी उपाध्याय र माता हरिमाया वाग्लेको स्मृतिमा उक्त रकम प्रदान गर्दै ‘श्री चिरनहरी दुर्गा भवानी मन्दिर पूजा व्यवस्थापन अक्षयकोष’ स्थापना गरेका हुन्। गुरुपूर्णिमाको विशेष अवसरमा स्थापना गरिएको उक्त अक्षयकोषबाट मन्दिरमा दैनिक तथा आवधिक पूजाआजा सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

    कोष सञ्चालनका लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष काशी राना र सचिव ठाकुर प्रसाद पौडेलको संयुक्त नाममा बैंक खाता खोलिएको छ। उक्त खातामा जम्मा भएको मूल रकम सुरक्षित राखी त्यसबाट प्रत्येक तीन-तीन महिनामा आउने ब्याज परिचालन गरी मन्दिरको नियमित पूजापाठ र अन्य व्यवस्थापन मिलाइने जानकारी बताइएको छ।