मर्स्याङ्दी नदीमा शव फेला, पहिचान खुल्न बाँकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मर्स्याङ्दी नदीमा शव फेला, पहिचान खुल्न बाँकी

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८३, बुधबार

    दमाैली २० साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्कीचोकस्थित मर्स्याङ्दी नदीमा बुधबार एक पुरुषको शव फेला परेको छ।

    मर्स्याङ्दी जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा शव तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान गर्ने कार्य सुरु गरेको छ।

    हालसम्म शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। शवको सनाखतका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।