


दमौली, २० साउन । तनहुँको व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित भित्री सडकखण्डमा बुधबार ट्याक्टर चालक एक्कासी बेहोस भएका छन्।
चितवन भरतपुर महानगरपालिका–१२ घर भई हाल व्यास–१० बैरेनी बस्दै आएका ५५ वर्षीय काले लामा तामाङ ग १ त ६३८२ नम्बरको ट्याक्टरमा सामान लोड गरी चलाउन लागेका बेला अचानक बेहोस भएका हुन्।
उनीलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएकाले साँझ ६:३० बजे गण्डकी अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।