बुल्दीखोलामा पौडी खेल्ने क्रममा डुबेका किशोरको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुल्दीखोलामा पौडी खेल्ने क्रममा डुबेका किशोरको उद्धार

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८३, बुधबार

    दमौली, २० साउन । तनहुँको व्यास नगरपालिका–१ करङकाठस्थित बुल्दीखोलामा पौडी खेल्ने क्रममा डुबेका एक किशोरको उद्धार गरिएको छ।

    बुधबार साँझ करिब ६:४० बजे व्यास नगरपालिका–११ घर भई हाल व्यास–१ गल्बुवेशी भट्टटोल बस्दै आएका १५ वर्षीय अमिर दुरा पौडी खेल्ने क्रममा डुबेका थिए।

    घटनाको जानकारी प्राप्त हुनासाथ सामुदायिक प्रहरी सेवा केन्द्र तनहुँबाट प्रहरी हवल्दार टोपबहादुर कुमालको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा किशोरको उद्धार गरेको हो।

    उद्धारपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। अस्पताल पुर्‍याउँदा उनको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ।