


दमौली, २१ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बुधबार सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनमा १६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत प्रयोग रोकथामलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा परेकामध्ये अनुसन्धानपछि ४ जनालाई छाडिएको प्रहरीले जनाएको छ।
यस्तै, ५ जना फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको छ भने बाँकी ७ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।