


दमौली, २१ साउन । केही दिनको वर्षापछि तनहुँको मास्दीघाट क्षेत्रमा पहिरो खस्दा बुद्धसिंह मार्ग हिजोदेखि अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ भने दैनिक यात्रा गर्ने स्थानीय बासिन्दा तथा यात्रुहरूलाई समस्या परेको छ।
स्थानीय सिद्धान्त गर्जा मगरका अनुसार वर्षासँगै आएको पहिरोले सडक पुरिएपछि यातायात सञ्चालन हुन सकेको छैन। पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकाय र स्थानीयको समन्वयमा डोजर प्रयोग गरी सडक खुलाउने काम भइरहेको छ।