डायलाइसिस सेवा विस्तारसँगै स्थानीयवासीलाई सहजता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    डायलाइसिस सेवा विस्तारसँगै स्थानीयवासीलाई सहजता

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८३, आईतवार

    दमाैली ३१ साउन । पालिकाको नेतृत्वमा उम्मेदवार बन्दै गर्दा मिर्गौला रोगका बिरामीले हेमोडायलाइसिसका लागि हजारौँ रुपैयाँ खर्च गरेर चितवनलगायतका अस्पताल धाउनुपर्ने र समयमै पालो नपाएर विभिन्न ठाउँमा भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने आफ्नो अठोट रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताएका छन्।

    गाउँपालिकामा डायलाइसिस सेवा सञ्चालनलाई उपलब्धिमूलक कामका रूपमा उल्लेख गर्दै अध्यक्ष चुमानले अहिले स्थानीयस्तरमै सेवा विस्तार गर्न पाउँदा गौरव महसुस भएको बताए।गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई थप एक थान डायलाइसिस मेसिन प्राप्त भएको छ।

    नयाँ मेसिन प्राप्त भएसँगै गाउँपालिकामा अब ६ वटा डायलाइसिस मेसिनबाट सेवा सञ्चालन हुने अध्यक्ष चुमानले जानकारी दिए।“पालिकाको नेतृत्वमा उम्मेदवार बन्दै गर्दा मिर्गौला हेमोडायलाइसिसका बिरामीले हजारौँ खर्च गरेर चितवनलगायतका अस्पताल धाउनुपर्ने, पालो नपाएर चारैतिर भौँतारिनुपर्ने अवस्थाको समाधान गर्ने अठोट थियो। आज त्यो सेवा सुचारु गर्दा गौरव महसुस भएको छ,” अध्यक्ष चुमानले भने।

    थप डायलाइसिस मेसिन उपलब्ध गराएकोमा उनले गण्डकी प्रदेश सरकारप्रति गाउँपालिकाको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।छ वटा मेसिनबाट सेवा सञ्चालन भएपछि नियमित हेमोडायलाइसिस आवश्यक पर्ने बिरामीलाई स्थानीयस्तरमै थप सहज र प्रभावकारी सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।