तनहुँका तीन पालिकामा भोलि १ हजार २६ थान शक्ति ग्यास वितरण हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका तीन पालिकामा भोलि १ हजार २६ थान शक्ति ग्यास वितरण हुने

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०८३, सोमबार

    तनहुँ, १ भदौ । तनहुँका तीन पालिकामा मंगलबार शक्ति कम्पनीका १ हजार २६ थान ग्यास सिलिन्डर वितरण हुने भएको छ।

    कम्पनीका अनुसार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाका विभिन्न स्थानमा रहेका ४५ वटा डिलरमार्फत ग्यास वितरण गरिनेछ।

    उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले सम्बन्धित डिलरमार्फत वितरणको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। वितरणका क्रममा उपभोक्ताले सम्बन्धित डिलरसँग समन्वय गरी ग्यास लिन सक्नेछन्।