तनहुँमा फैसला कार्यान्वयनका लागि फरार तीन प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा फैसला कार्यान्वयनका लागि फरार तीन प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०८३, सोमबार

    तनहुँ, १ भदौ । जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतबाट फैसला भई हालसम्म फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँबाट विभिन्न मितिमा खटिएको प्रहरी टोलीले अदालतबाट लगत कसी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा चेक अनादर मुद्दाका एक जना, बाल यौन दुरुपयोग मुद्दाका एक जना र चोरी मुद्दाका एक जना रहेका छन्।

    चेक अनादर मुद्दामा रु. १ हजार जरिवाना तोकिएका लमजुङका एक व्यक्तिलाई व्यास नगरपालिका–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    त्यस्तै, बाल यौन दुरुपयोग मुद्दामा ५ महिना कैद र रु. ४ हजार जरिवाना तोकिएका व्यास नगरपालिका–२ का एक जना तथा चोरी मुद्दामा ४ महिना कैद र रु. ४ सय जरिवाना तोकिएका व्यास नगरपालिका–१ का एक जनालाई पक्राउ गरिएको छ।

    पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।