


दमौली, ३ भदौ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले लागुऔषध नियन्त्रण, अवैध मदिरा, शान्ति सुरक्षा, फरार व्यक्ति पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सर्च एण्ड स्विप अपरेसन सञ्चालन गरेको छ।
मंगलबार गरिएको कारबाहीका क्रममा १४ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तीमध्ये १२ जनालाई अनुसन्धानपछि आफन्तको जिम्मा लगाई छाडिएको छ भने २ जनामाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।