प्रधानमन्त्री कार्यालयमा आँबुखैरेनी अध्यक्ष चुमान, बाढीपछिको अवस्थाबारे छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    प्रधानमन्त्री कार्यालयमा आँबुखैरेनी अध्यक्ष चुमान, बाढीपछिको अवस्थाबारे छलफल

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०८३, सोमबार

    तनहुँ, २९ भदौ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा बाढीपछिको अवस्थाबारे छलफल गरेका छन्।

    बैठकमा अध्यक्ष चुमानले आँबुखैरेनी गाउँपालिका–४, ५ र ६ का खोला किनारमा बसोबास गर्ने नागरिकको वर्तमान अवस्था, बाढीबाट प्रभावित क्षेत्रको समस्या तथा आवश्यक राहत, पुनःस्थापना र पूर्वाधार निर्माणका विषयमा जानकारी गराएका थिए।

    त्यसैगरी, पुल तथा क्षतिग्रस्त पूर्वाधारको अवस्था र पुल्चोक–घुमाउने हुँदै दासढुंगा जोड्ने वैकल्पिक राजमार्ग निर्माणको विषयमा समेत छलफल गर्ने अवसर मिलेको अध्यक्ष चुमानले बताएका छन्।

    बैठकमा बाढीपछिको पुनर्निर्माण तथा प्रभावित नागरिकको समस्या समाधानका लागि आवश्यक पहलका विषयमा समेत ध्यानाकर्षण गराइएको जनाइएको छ।