


दमौली, १९ साउन । देशमा अमन, शान्ति तथा सद्भाव कायम रहोस् भन्ने उद्देश्यका साथ तनहुँको खैरेनीटारमा मंगलबार साँझ “शान्ति दीप प्रज्वलन कार्यक्रम” सम्पन्न गरिएको छ।
लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स र लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रको संयुक्त आयोजनामा खैरेनीटार बजारस्थित वर–पिपल चौतारो अगाडि आयोजित कार्यक्रममा सयौँ दीप प्रज्वलन गरिएको थियो।
लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष सुन्दर बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्गसिंह थापा प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा को–चिफ एडभाइजर सुजित हिराचन, डिपार्टमेन्ट चिफ समुन्द्रराम श्रेष्ठ, सिनियर एडभाइजर पिताम्बर तिमिल्सिना, सिनियर एओजी नारायण पोख्रेल, एनएलएफ एरिया को–अर्डिनेटर प्रमोद लामिछाने, जोन चेयरपर्सन तुलसीकुमारी श्रेष्ठ, डिस्ट्रिक्ट चेयरपर्सन सुरेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सकी अध्यक्ष जोशिला थापासहित क्लबका पदाधिकारी, लायन्स तथा लियो सदस्य र स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार देशमा शान्ति, सामाजिक सद्भाव र आपसी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो। सहभागीहरूले शान्तिपूर्ण, सहिष्णु र एकताबद्ध समाज निर्माणमा सबैको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।