


दमाैली २० साउन । तनहुँको ऑबुखैरेनीस्थित मार्किचोक ड्याममा भेटिएको शव भानु नगरपालिका–२, भानुचोकका २२ वर्षीय सौगात कुमाल (राजेश) कै भएको पुष्टि भएको छ। साउन १३ गते रातिदेखि हराइरहेका कुमालको शव फेला परेपछि पहिचान गरिएको स्थानीय राजेश कार्कीले जानकारी दिएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीलाइ खबर गरी सशस्त्र प्रहरीकै सक्रियतामा मोटरबोटको सहायताले उक्त शवलाइ नदीबाट बाहिर निकालिएकाे थियाे । शव परीक्षणका लागि प्रदेश अस्पताल दमाैलीमा राखिएकाे छ ।