


दमौली, २१ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आर्थिक वर्ष २०८३/८४ मा नयाँ कार्यक्रमका रूपमा ‘मिल्क एटिएम’ सञ्चालन गर्ने भएको छ। कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार कार्यक्रम परीक्षणका रूपमा दूध सहकारीमार्फत सञ्चालन गरिनेछ।
उनका अनुसार एटिएमबाट पैसा झिकेजस्तै उपभोक्ताले मिल्क एटिएम मेसिनबाट आवश्यक परिमाणमा दूध खरिद गर्न सक्ने व्यवस्था गरिनेछ। कार्यक्रम सफल भए आगामी वर्षहरूमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ।