राष्ट्रिय परिचयपत्र, ग्यास आपूर्ति र भूमि आयोगका विषयमा रास्वपा तनहुँको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय परिचयपत्र, ग्यास आपूर्ति र भूमि आयोगका विषयमा रास्वपा तनहुँको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८३, बिहीबार

    दमौली, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि लाग्ने भिड व्यवस्थापन, ग्यास आपूर्तिको सहजता तथा भूमि आयोगसँग सम्बन्धित गुनासाका विषयमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको ध्यानाकर्षण गराएको छ।

    रास्वपा तनहुँका सभापति विश्व बास्तोलाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको अत्यधिक भीड हुने भएकाले सेवा व्यवस्थापन प्रभावकारी बनाउन तथा शनिबार र आइतबार समेत सेवा सञ्चालन गर्न आग्रह गरेका थिए। प्रमुख जिल्ला अधिकारीले यस विषयमा आवश्यक व्यवस्थापन सुरु गर्ने जानकारी दिएको रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले बताए ।

    भेटका क्रममा भूमि आयोगसँग सम्बन्धित गुनासा तथा एलपी ग्यासको सहज आपूर्तिका विषयमा पनि छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारीले दुवै विषयमा आवश्यक समन्वय गरी छिट्टै समाधानको पहल गरिने जानकारी दिएको रास्वपा तनहुँले जनाएको छ।