


नजिकिदै गरेको स्थानीय चुनाव र भानु नगरपालिकाले खोजेको अबको नेतृत्व । “म शासक बन्न होइन, भानुको सेवक बन्न आएको हुँ” भन्ने भावनाका साथ अहिलेको चुनावी माहोल (Election Vibes) मा भानुका जनता केवल आश्वासन मात्र होइन, ठोस कार्ययोजना र विश्वासिलो नेतृत्व खोजिरहेका छन्। यहाँका जनता ठूला पूर्वाधारसँगै आधारभूत आवश्यकता (विशेष गरी खानेपानी र स्वास्थ्य) का लागि धेरै नै आतिरहेका छन्। भानु नगरपालिकाका आम मतदातालाई विकास र सामाजिक सुधारका एजेन्डामा विश्वस्त पार्न (Convince गर्न) अब आउने नेतृत्वले अपनाउनुपर्ने केहि मुख्य रणनीतिहरू यश प्रकार छन् :
१. “पूर्वाधार मात्र होइन, जीवनस्तर” – आधारभूत आवश्यकताको ग्यारेन्टी भानुका जनता सडक र पुलमा केही काम सुरु भयपनि घरको धारामा पानी नआउँदा र बिरामी पर्दा अस्पताल नपाउँदा आक्रोशित छन्। “एक घर, एक चालू धारा”: “म खानेपानीको ट्याङ्की मात्र बनाउने छैन, प्रत्येक घरको धारामा नियमित पानी झार्ने ग्यारेन्टी गर्छु” भनी प्राविधिक र बजेट योजनासहित जनतामाझ जानु पर्ने देखिन्छ । सुलभ स्वास्थ्य र नगर अस्पताल: भानुमा सुविधासम्पन्न अस्पतालको अभाव छ। प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, नगर अस्पताललाई थप सुधार गर्ने र विशेषज्ञ डाक्टरको व्यवस्था गर्ने” ठोस प्रतिबद्धता आगामी दिनमा ग्यारेन्टी गर्नुपर्ने देखिन्छ । गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षालय: सरकारी विद्यालयको शैक्षिक स्तर सुधार्न “डिजिटल कक्षा र स्थानीय आवश्यकता अनुसारको प्राविधिक शिक्षा (कृषि/पर्यटन सम्बन्धी)” सुरु गर्ने योजना अघि बढाउने ।
२. “साहित्यिक पर्यटन र सांस्कृतिक अर्थतन्त्र” (भानु कार्डको सही प्रयोग) चुँदी रम्घा आदिकवि भानुभक्तको जन्मथलो हुनुको नाताले यसलाई केवल ‘सेन्टिमेन्ट’ मा मात्र सीमित नराखेर स्थानीयको आम्दानीसँग जोड्ने योजना ल्याउने: रोजगारीमुखी भानु साहित्य पार्क: “२० करोडको बजेटमा बन्दै गरेको भानु साहित्य उद्यानलाई केवल ढुङ्गाको पार्क मात्र बनाउने होइन, यसलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय साहित्य महोत्सवको केन्द्र बनाएर होमस्टे (Homestay) र स्थानीय युवाका लागि रोजगारी सिर्जना गर्ने खालको program ल्याउन” भनी युवाहरूलाई आकर्षित गर्नुपर्ने देखिन्छ ।सांस्कृतिक करिडोर: भानुलाई तनहुँका अन्य पर्यटकीय क्षेत्र (जस्तै बन्दीपुर, छिम्केस्वरि) सँग जोडेर एउटा साझा ‘टुरिजम प्याकेज’ बनाउने भिजन राख्नुपर्छ ।
३. “कृषि क्रान्ति र युवा स्वरोजगार” भानु नगरपालिकामा कृषि र पशुपालनको ठूलो सम्भावना छ, तर युवाहरू वैदेशिक रोजगारीमा पलायन भइरहेका छन्। उत्पादनको ग्यारेन्टी र बजार व्यवस्थापन: “किसानले उत्पादन गरेका कृषि उपज (दूध, तरकारी, फलफूल) बिक्री नभए नगरपालिकाले खरिद गर्नेछ र शीतभण्डार (Cold Storage) को व्यवस्था गर्नेछ” भन्ने बिश्वास दिलाउन प्रमाण पेश गर्नु पर्ने देखिन्छ । मेयर युवा स्वरोजगार कोष: विदेशबाट फर्किएका वा स्थानीय युवाहरूलाई बिना धितो वा सस्तो ब्याजदरमा ऋण र प्रविधि उपलब्ध गराई उद्यमी बनाउने कार्यक्रम घोषणा गर्नुपर्नेछ ।
४. सुशासन र भ्रष्टाचारमुक्त प्रशासन (E-Governance) स्थानीय तहमा हुने प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारप्रति जनता वाक्क छन्। आफूलाई ‘परिवर्तनको संवाहक’ का रूपमा प्रस्तुत गर्न:”डिजिटल भानु, पारदर्शी भानु”: नगरपालिकाका हरेक ठेक्कापट्टा, इलेक्ट्रोनिक बिडिङ (e-Bidding), र बजेट विनियोजन अनलाइनमार्फत जनताले सिधै हेर्न मिल्ने (Transparent) बनाउने प्रतिबद्धता जनाउनु पर्नेछ ।हेल्प डेस्क र जनताको गुनासो सुन्ने संयन्त्रलाई नाममा मात्र सिमित नगरि: “मेयर बनेपछि महिनाको एक पटक ‘जनतासँग मेयर’ प्रत्यक्ष संवाद कार्यक्रम र वडा-वडामा पुगेर जनताका समस्या सुन्नेछु” भनी जनतासँग भावनात्मक रूपमा निबाचित मेयरले बिश्वास दिलाउने ।
५. सामाजिक सद्भाव र समावेशी विकासमहिला र सीमान्तकृत समुदायको उत्थान: महिलाहरूको आर्थिक आत्मनिर्भरताका लागि “महिला सहकारी र सीपमूलक तालिम” तथा दलित, जनजाति एवं पिछडिएका वर्गका लागि विशेष छात्रवृत्ति र स्वास्थ्य बीमाको योजना ल्याउनु पर्नेछ । गफ होइन, काम (Action-Oriented): पुर्ब नेतृत्वले नगरेका वा अलपत्र पारेका योजनाहरू (जस्तै सुस्त गतिमा भएका सडक विस्तार) को सूची तयार पारेर र ती काम समय अगावै (जस्तै उदाहरणका लागि भानु-१ को चुँदीखोलामा निमार्ण भएको पक्की पुल) सम्पन्न गर्नुपर्नेछ, त्यसको स्पष्ट खाका प्रस्तुत गर्नुपर्नेछ । “आदिकविको धर्तीलाई साहित्यिक गन्तव्य बनाउनेछौँ, भानुका युवालाई भानुमै रोजगारी दिलाउनेछौँ! जनताको घरदैलोमा पुगेर उनीहरूका साना-साना दुःख सुनिदिनुभयो भने जनताले तपाईंलाई सजिलै विश्वास गर्नेछन्।
लेखक प्रदिप न्याैपाने (सिभिल ईन्जिनियर) भानु नगरपालिका वार्ड न १ का स्थानीय बासिन्दा हुन् ।