टिपरको ढालाबाट खसेर घाइते भएका युवकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    टिपरको ढालाबाट खसेर घाइते भएका युवकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८३, मंगलवार

    मुस्ताङ, २ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिका-४ पुच्छर ढोङमा टिपरबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

    मंगलबार बिहान करिब ११:०० बजे जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१-००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा जिल्ला रोल्पा, लुङ्ग्री गाउँपालिका-३ बस्ने २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए ।

    घाइते पुनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकोमा उपचारका क्रममा दिउँसो १२:३२ बजे उनको मृत्यु भएको हो । दुर्घटनापछि टिपर र चालक जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।