


तनहुँ, ४ भदौ । विजयपुर खोलाले बगाएर बेपत्ता भएका अर्का बालकको पनि शव फेला परेको छ । खोटाङ घर भई पोखरा १४ चाउथेमा डेरा गरी बस्ने १५ वर्षीय ओमन राईको शव तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सेती नदी किनारमा फेला परेको हो ।
बुधवार दिउँसो स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । शवको ओमनको उनका आमाले पहिचान गरेकी हुन् । साउन ३० गते विजयपुर खोला तर्ने क्रममा उनलाई भेलले बगाएको थियो ।
यसअघि पोखरा महानगरपालिका १४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मंगलबार दिउँसो भेटिएको थियो । साउन ३० गते दिउँसो १ बजेतिर उनीहरु विजयपुर खोला तर्दै थिए । पोखरा २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट खोला तर्ने क्रममा उनीहरुलाई बगाएको थियो । त्यसपछि कास्की क्षेत्रमा निरन्तर खोजी भइरहेको थियो ।