


बारा ७ भदाै । कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई प्रहरीले रातभर खोजतलास गरी सकुशल फेला पारेको छ ।
कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे आफ्नै घरअगाडिबाट हराएकी थिइन् ।
बालिकाका हजुरबुवा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा जानकारी गराएपछि प्रहरीले तत्काल खोजतलास सुरु गरेको थियो ।
बालिकाको खोजीका लागि प्रहरीले रातभर विभिन्न समूहमा टोली परिचालन गरेको थियो ।