सिमलटार टोल विकास संस्थाद्वारा बाढीपीडितका लागि २६ हजार २ सय सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिमलटार टोल विकास संस्थाद्वारा बाढीपीडितका लागि २६ हजार २ सय सहयोग

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८३, शनिबार

    तनहुँ, १३ भदौ । तनहुँको व्यास नगरपालिका–४ स्थित सिमलटार टोल विकास संस्थाले बाढीपीडितको राहतका लागि २६ हजार २ सय रुपैयाँ सहयोग गरेको छ।

    संस्थाले टोलका प्रत्येक घरधुरीबाट प्रतिघर २ सय रुपैयाँका दरले रकम सङ्कलन गरी बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको संस्थाकी अध्यक्ष चन्द्रकला बोहोराले जानकारी दिइन्।

    यस वर्षको तीज पर्वका अवसरमा आयोजना गर्ने तयारी गरिएको शुभकामना आदानप्रदान कार्यक्रमसमेत स्थगित गरी उक्त अवसरमा हुने खर्चलाई विपद्पीडितको सहयोगमा केन्द्रित गरिएको संस्थाले जनाएको छ।

    देशमा आएको विपद्का कारण धेरै नागरिक प्रभावित भएको अवस्थामा सानो भए पनि मानवीय सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको अध्यक्ष बोहोराले बताइन्।