प्रतिबन्धित लागुऔषधसहित पोखराका ३२ वर्षीय पुरुष तनहुँमा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    प्रतिबन्धित लागुऔषधसहित पोखराका ३२ वर्षीय पुरुष तनहुँमा पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८३, बुधबार

    तनहुँ, २५ भदौ । तनहुँ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक जना पुरुषलाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बुधबार आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो।

    मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको माइक्रोबसमा सवार कास्की, पोखरा महानगरपालिका–२७ रिठेपानीका ३२ वर्षीय पुरुषको पछाडि भिरेको कालो झोला जाँच गर्दा प्रतिबन्धित लागुऔषध ट्यापन्डाटोल ११७ ट्याबलेट र गाँजा १०० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

    लागुऔषधसहित पक्राउ परेका उनलाई जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन्।